काममा फर्कियो ‘शुन्दरफिड–अमरदीप’ सडकखण्डको ठेकेदार कम्पनी
पाेखरा | जेठ १८, २०८०
पाखेरा: पोखराको ‘शुन्दरफिड–अमरदीप’सडकखण्डको निर्माण गर्न जिम्मा पाएको ठेकेदार कम्पनी काममा फर्किएको छ ।
सम्झौता मिति सकिएको १ वर्षपछि ठेक्का पाएको शिवशक्ति इन्फ्रा हेटौडाले आज (बुधबार) देखि काम पुन: सुरु गरेको हो ।
पोखरा महानगरपालिका अन्तरगत ६ वटा सडक मर्मत तथा निर्माण गर्ने जिम्मा लिएको शिवशक्ति इन्फ्रा हेटौडाको सम्झौता एकवर्ष अगाडि नै सकिएको थियो ।
यद्यपी सडक डिभिजनले सम्भौता भने रद्द गरेको थिएन ।
सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्तिले पोखराको दीप–लामाचौर, अमरसिँह चोक– न्यूएयरपोर्ट, विरेन्द्रचोक–पेन्सन क्याप, नदिपुर–भैरवटोल, महेन्द्रपुल–पृथ्वीचोक, पालिखे चोक–पोखरा महानगरपालिका ४ वडा कार्यालय जोड्ने सडक कालपत्रे (ओभर ले) गर्र्ने जिम्मा लिएको थियो ।
शिवशत्तिले ०७८ असार १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता पाएपनि काम अलपत्र छाडेको थियो ।
निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने थियो यद्यपी विभिन्न कारण देखाएर कम्पनीले चालु आर्थिक वर्षको अन्तिम समयमा ‘शुन्दरफिड–अमरदीप’ सडकखण्ड पिच गर्ने काम सुरु गरेको छ ।
निर्माण कम्पनीका पोखरा प्रतिनिधि सागर पन्तले ‘शुन्दरफिड–अमरदीप’ सडकखण्डको करिब ३ सय मिटर एक हप्तामै अस्फाल्ट पिच गरिसक्ने बताए । ‘आजबाट काम सुरु भएको छ । बेसहरु बिछ्याउने काम भइरहेको छ । मौसमले साथ दियो भने एक हप्तामै सकिन्छ,’ उनले भने ।
यता समयमै काम सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँसमेत फिर्ता लिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

